सानिमा जलविद्युतमा कार्यरत मजदुरकाे लडेर मृत्यु

मृत्यु हुनेमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ ।

मंसिर २३, २०८२

केदार शिवाकोटी

Worker working at Sanima Hydropower falls to death

दाेलखा — दाेलखाकाे बिगु-१ लप्चीनजिकै निर्माणाधीन जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर एक जना मजदुरकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा ओखलढुङ्गाकाे मानेभञ्ज्याङ गाउँपालिका-५ का शुक्रबहादुर राई रहेकाे प्रहरीले जनाएकाे छ ।

५६ मेगावाटको सानिमा जलविद्युत आयाेजनाकाे सुरूङ निर्माणका क्रममा लडेर बाबरी हाईड्राे कन्सट्रक्सनमा कार्यरत राईलाई साेमबार घाइते अवस्थामा धुलिखेल अस्पतालकाे शाखा दाेलखामा उपचारका लागि ल्याइएकाे थियाे ।

राईकाे उपचारका क्रममा मंगलबार मृत्यु भएकाे हाे ।  घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

केदार

Link copied successfully