पूर्वमुख्यमन्त्री पाैडेलको घरमा आगजनी गरेको आरोपमा दुई युवक पुर्पक्षका लागि कारागार चलान

भदौ २४ गते पूर्वमुख्यमन्त्रीड डाेरमणि पौडेलको घरमा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरुलाई कात्तिक २८ गते पक्राउ गरेको थियो ।

मंसिर २२, २०८२

प्रताप विष्ट

Two youths remanded in custody for arson at former Chief Minister Paudel's house

हेटौंडा — जेन-जी आन्दोलनको क्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित घरमा आगजनी आरोपमा दुई युवकलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत मकवानपुरको न्यायाधीश निर्मला शर्मा सुवेदीको आइतबारको ईजलाशले पूर्वमुख्यमन्त्री पौडेलको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा हेटौंडा-११ का ३७ वर्षीय सुरेन्द्र राना मगर र सोही ठाउँ बस्ने ३६ वर्षीय सुजन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

अदालतको आदेश बमोजिम दुवै जनालाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ । रानामगर र अधिकारीलाई भदौ २४ गते पूर्वमुख्यमन्त्री पौडेलको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले कात्तिक २८ गते पक्राउ गरेको थियो ।   

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully