साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ ।

मंसिर २१, २०८२

रासस

Sanga-Dhulikhel Road: Upgradation begins at Pulbazar section

काभ्रेपलाञ्चोक — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पुलबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । 

सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा यहाँ डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । पुलबजार क्षेत्रको मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन दिएका थिएनन् ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । यो खण्डमा केही स्थानका ६ घर भत्काउन बाँकी छ ।

–––

रासस

Link copied successfully