बरामद गरेको खैरो हिरोइन २५ वटा प्लास्ट्रिकको पोकामा प्याक गरेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।
हेटौंडा — मकवानपुर प्रहरीले खैरो हिरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक बारा निजगढ नगरपालिका—७ का ३० वर्षीय सुनिल आचार्य र मोटरसाइकल पछाडि सवार निजगढ—८ का ३१ वर्षीय किरण कार्की रहेका छन् ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका—३ तीनताप्केमा बस्तीपुरबाट लेवटतर्फ आउँदै गरेको म. प्र.०३–०३२ प ३०१७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालक आचार्य र मोटरसाइकल पछाडि सवार कार्कीको साथबाट प्रहरीले १ ग्राम ४ मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
बरामद गरेको खैरो हिरोइन २५ वटा प्लास्ट्रिकको पोकामा प्याक गरेको अवस्थामा फेला पारेका जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले बताए ।