पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउने क्रममा ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पर्सा वीरगन्ज महानगरपालिका—१६ नागुवा घर भई हाल हेटौंडा— १० कर्रामा बस्दै आएकी ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका—४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउने क्रममा ना.३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पर्सा वीरगन्ज महानगरपालिका—१६ नागुवा घर भई हाल हेटौंडा— १० कर्रामा बस्दै आएकी ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो ।
डोम सडक किनाराबाट आफ्नो कोठामा गइरहेको अवस्थामा मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक बारा सिम्रनगढ नगरपालिका—११ का २५ वर्षीय सुनिल ठाकुरलाई प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । डोमको शव हेटौंडा अस्पतालमा राखिएको छ ।