ईन्द्रसरोवर गाउँपालिका—३ खुर्सानीबारीस्थित सिस्नेरीको भित्री सडकमा बा.प्र.०१–०२८ च ७१९४ नं.को गाडी नदी तर्ने क्रममा डुबेको हो ।
हेटौंडा — मकवानपुरस्थित बागमती खोलामा बोलेरो गाडी डुबेर क्षतिग्रस्त भएको छ ।
ईन्द्रसरोवर गाउँपालिका—३ खुर्सानीबारीस्थित सिस्नेरीको भित्री सडकमा बा.प्र.०१–०२८ च ७१९४ नं.को गाडी नदी तर्ने क्रममा डुबेको हो ।
ललितपुरवाट सिस्नेरीतर्फ जाने क्रममा बागमती तर्दा गाडीको पछाडी चक्का ढुंगामा चिप्लिएर नदीमा पल्टेको थियो । चालक सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीले गाडी नदीबाट निकालेका छन् । बागमतीमा जमेको सेतो फिजको कारणले गाडीको चक्का ढुंगामा ठोकिन पुगेको थियो ।