बागमती प्रदेशसभाका सभामुख पाठकको राजीनामा स्वीकृत

सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए ।

मंसिर ४, २०८२

प्रताप विष्ट

Bagmati Provincial Assembly Speaker Pathak's resignation accepted

हेटौंडा — बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत गरिएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार सूचना जारी गर्दै सभामुख पाठकले गत भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएका थिए । सभामुख पाठकले उपसभामुख अप्सरा चापागाईलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए । 

उनी राप्रपाबाट प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित भएका थिए । राजीनामा दिएका मितिबाट नै सभामुख पाठकको राजीनामा स्वीकृत भएको र प्रदेशसभा संचालन नभएको अवस्था भएकाले प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना जारी गरेको प्रदेशसभा सचिव रामकुमार पौडेलले जनाएका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully