बाबुआमासँग खेतमा धानको बिटा उठाउन गएको अवस्थामा वङदा खोलामा उक्त घटना भएको हो ।
हेटौंडा — मकवानपुरको बकैया गाउँपालिकाका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । बकैया-९ शिखरपुरका ७ वर्षीय बालक अविराज घलानको खोलामा डुबेर मृत्यु भएको हो ।
बाबुआमासँग खेतमा धानको बिटा उठाउन गएको अवस्थामा उनी खेत नजिकको वङदा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेलेर नफर्केपछि बाबुआमा खोलामा गएर हेर्दा अचेत अवस्थामा डुबिरहेको देखेपछि उद्धार गरेर घरमा ल्याएका थिए ।
उपचारका निम्ति तत्काल हेटौंडा अस्पताल पुर्याएकामा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
