मकवानपुरमा गोली हानी एकजनाको हत्या

शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् ।

कार्तिक २८, २०८२

सुवास विडारी

One person shot dead in Makawanpur

मकवानपुर — मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरी एकजनाको हत्या गरिएको छ ।

शुक्रबार बिहान १० बजेतिर राक्सिराङ–१, कोलगैरी ठकुरीडाँडाका ७५ वर्षीय वृद्धा इमानसिंह थोकरले सोही स्थानका ६४ वर्षीय ठूले गोलेको गोली प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पुरानो रिसिइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापा कमान्डमा गएको टोलीले हत्या गरी नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा उनलाई दिउँसो ४ बजे पक्रेको थियो । 

प्रहरीका अनुसार गोली प्रहार गर्ने थोकर अनकन्टार जंगलमा लुकेर हतियारसहित बसिरहेका थिए ।

प्रहरीले थोकरको साथबाट कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, खोका १ थान र १९० ग्राम गन पाउडर बरामद गरेको छ । 

घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु कुर्मीले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully