ऐतिहासिक गढीको संरक्षण अभियान

पहिलो चरणमा तामाकोसी गाउँपालिका–६ मा रहेको सिन्धुली गढीसँग साइनो गाँसिएको देउराली गढीमा त्यस बेला बनेको संरचनाको उत्खनन, सरसफाइ र संरक्षणको काम गरिएको छ ।

कार्तिक २७, २०८२

केदार शिवाकोटी

Historic fort preservation campaign

दोलखा — जिल्लाभित्रका ऐतिहासिक गढी संरक्षण र प्रवर्द्धन गर्न नेपाली सेनाले अभियान संचालन गरेको छ । दोलखाका विभिन्न स्थानमा रहेका ऐतिहासिक गढी संरक्षण गर्न नेपाली सेनाको गरुड दल गणले अभियान संचालन गरेको हो ।

गढीहरूको सरसफाइ, पैदलमार्ग निर्माण र पूर्वसंरचना जोगाउन सेनाले अभियान संचालन गरेको गरुड दलका गणपति लोकसागर कटुवालले बताए । 

पहिलो चरणमा तामाकोसी गाउँपालिका–६ मा रहेको सिन्धुली गढीसँग साइनो गाँसिएको देउराली गढीमा त्यस बेला बनेको संरचनाको उत्खनन, सरसफाइ र संरक्षणको काम गरिएको उनले बताए । जिल्लाभरि यस्ता गढी कहाँ कहाँ छन् भनेर तिनको लगत संकलन भैरहेको पनि उनले बताए । 

यहाँको देउराली गढी तामोकोसी गाउँपालिकाले संरक्षण र त्यहाँ पुग्ने पैदलमार्ग र आवश्यक संरचना बनाई पर्यटकीय क्षेत्रका रूपमा खुला गरिसकेको पालिका उपाध्यक्ष सिर्जना सुवेदीले बताइन् ।

‘गढी पुग्न सडक र पदैलमार्ग सबै संरचना तयार भइसकेको छ,’ उनले भनिन, ‘अब चारैतिर हिमाल देखिने र ऐतिहासिक गढीको अवलोकन गर्न पनि सकिने भएकाले पालिकाले देउराली गढीलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा अघि बढाएको छ ।’

केदार

Link copied successfully