बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैद

अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि सुनाएको छ ।

कार्तिक २७, २०८२

प्रताप विष्ट

Girl rape accused gets 12 years in prison

हेटौंडा — बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुले एक युवकलाई १२ वर्ष कैद गर्ने फैसला सुनाएको छ । अदालतले ५ लाख रुपैयाँ जरिवाना गर्ने आदेश पनि गरेको छ ।

बिहीबार बसेको जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलासले  मकवानपुर गढी गाउँपालिका-२ का २५ वर्षीय गणेश घेवाले मकवानपुर गढी-७ की १४ वर्षिया बालिकालाई बलात्कार गरेको ठहरसहित उक्त फैसला गरेको हो ।

घेवा टिपर चालक हुन् । २०८१ चैत २५ गते गाउँमै सो घटना भएको हो । घेवा क्षेत्रीय कारागार भीमफेदीमा छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully