जेन-जी आन्दोलन : तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

र्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षका पुनम ठाकुर, २७ वर्षका प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षका सागर घताने भन्ने रोमबहादुर घतानेलाई प्रहरीले पक्राउ गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

कार्तिक २७, २०८२

रासस

Gen-G movement: Five arrested on charges of vandalism and arson

बागमती — जेन-जी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ गरेका छन्।

बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षका पुनम ठाकुर, २७ वर्षका प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षका सागर घताने भन्ने रोमबहादुर घतानेलाई प्रहरीले पक्राउ गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका ४५ वर्षका सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका ३६ वर्षका सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र मगरलाई पनि पक्राउ गरिएको छ। उनीहरूलाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

रासस

Link copied successfully