सुन्धारा कारागारबाट भागेका बालिका करणीका अभियुक्त पक्राउ

अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी उनी भदौ २४ गते फरार भएका थिए ।

कार्तिक २७, २०८२

अनिश तिवारी

Child abuse suspect who escaped from Sundhara Prison arrested

सिन्धुपाल्चोक — बालिकामाथि जबरजस्ती करणीमा दोषी ठहर भई कारागारमा रहेका र २४ गतेको प्रदर्शनको मौका छोपी फरार अभियुक्त पक्राउ परेका छन् ।

अदालतले तोकेको १५ वर्ष कैद सजाय भुक्तान नगरी फरार रहेका त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका ३५ वर्षीय रामकृष्ण न्यौपाने पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक कृष्ण खड्काको नेतृत्वमा खटिएको टोलीले उनलाई आफ्नै गाउँबाट पक्राउ गरेको हो।

'विशेष स्रोत र सूचनाका आधारमा फरारलाई पक्राउ गरिएको हो,' इन्स्पेक्टर खड्काले भने ।  न्यौपाने भदौ २४ गते काठमाडौँको सुन्धारा जगन्नाथदेवल कारागारबाट फरार भएका थिए ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी बाँकी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चन्दनबारी पठाइएको छ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully