जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-५ स्थित सानोपोखरामा बसिरहेको अवस्थामा उनीहरुलाई पक्रेको हो ।
मकवानपुर — मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बकैया गाउँपालिका-१२ घर भई हेटौंडा-१५ बस्दै आएका १९ वर्षका अशोक स्याङ्तान, हेटौंडा-१७ बस्ने २० वर्षका प्रवेश बरैली, हेटौंडा-४ का २० वर्षीय निशान कोइराला, ३५ वर्षका बक्सर भन्ने राजीव लामा र मकवानपुरगढी गाउँपालिका-२ का २३ वर्षका दिपेश संजेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा-५ स्थित सानोपोखरामा बसिरहेको अवस्थामा उनीहरुलाई पक्रेको हो । उनीहरुको साथबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले उनीहरुले चढ्दै आएको ना.३२ प ३२४४ र बा. प्रदेश ००५ प १८५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाए । पक्राउ परेकाहरुलाई जिल्ला अदालत मकवानपुरबाट लागुऔषध कसुरमा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी बोगटीले बताए ।
