जनकपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
हेटौंडा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ मास्टरचोकमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ ।
जनकपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।
शनिवार राति बोहरा सडक पार गर्न लाग्दा बसले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता पुस्कर बोगटीले बताए ।
पैदलयात्रीलाई ठक्कर दिने बस र बस चालक महोत्तरीको रामगोपालपुरका ३३ वर्षीय सुजयकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसका यात्रुहरूलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।