जिल्ला न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलासले हेटौंडा उपमहानगरपालिका—१९ का ४३ वर्षीय मोदनाथ ढकाललाई हेटौंडाकी ५० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै ७ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको हो ।
हेटौंडा — महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक दोषीलाई ७ वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको बिहीबारको इजलासले हेटौंडा उपमहानगरपालिका—१९ का ४३ वर्षीय मोदनाथ ढकाललाई हेटौंडाकी ५० वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै ७ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश गरेको हो । पीडक ढकालले २०८१ असार २५ गते घरमै गएर ती महिलालाई बलात्कार गरेका थिए । ढकाल पुर्पक्षका लागि क्षेत्रीय कारागार भीमफेदीमा थुनामा छन् ।
यसैगरी जिल्ला अदालत मकवानपुरले ब्राउन सुगर कारोबार गरेको ठहर गर्दै तीन युवकलाई जनही ६/६ वर्ष कैद गर्ने फैसला गरेको जनाएको छ । जिल्ला न्यायाधीश गीता श्रेष्ठको बुधबार बसेको इजलासले हेटौंडा—२ का ३६ वर्षीय नवराज भट्ट,मकवानपुरगढी—४ का सुवु गुरुङ र ३४ वर्षीय सुरज पाण्डेलाई ब्राउन सुगर कारोबार गरेको ठहर गर्दै उक्त सजाय तोकेको हो ।
हेटौंडा—२ बाट ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित तीनै जनालाई प्रहरीले ०८१ माघ २८ गते पक्राउ गरेको थियो । तीनै जना क्षेत्रीय कारागार भीमफेदीमा पुर्पक्षका लागि थुनामा छन् ।
