भदौ २४ गते राती क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर फरार भएका ४ सय ४० जना कैदीबन्दीमध्ये २ सय ८८ जनालाई नियन्त्रणमा लिइएको छ भने अझै पनि १ सय ५२ जना कैदीबन्दी फरार छन् ।
हेटौंडा — मकवानपुरको भीमफेदी कारागारबाट जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते राती भागेका एक अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
किर्ते मुद्दामा क्षेत्रीय कारागार भीमफेदीमा पुर्पक्षका लागि थुनामा रहेका मकवानपुर बकैया गाउँपालिका–४ का ६७ वर्षीय रामलाल न्यासुरलाई इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले बिहीबार ठिंगन बजारबाट पक्राउ गरेको हो ।
आवश्यक कारबाहीका लागि न्यासुरलाई बिहीबार नै भीमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।
भदौ २४ गते राती क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर फरार भएका ४ सय ४० जना कैदीबन्दीमध्ये २ सय ८८ जनालाई नियन्त्रणमा लिइएको छ भने अझै पनि १ सय ५२ जना कैदीबन्दी फरार छन् । फरारमध्ये २६ जना भारतीय नागरिक रहेका छन् ।
