हेटौंडा बसपार्कमा यात्रुहरूलाई दुःख दिएको आरोपमा ४ युवक पक्राउ

यात्रुहरूको जबर्जस्ती झोला तथा हात तानेर जबर्जस्ती ढंगले सवारी साधनमा चढाउन खोज्ने चार युवकलाई पक्राउ गरेको हो ।

कार्तिक २०, २०८२

प्रताप विष्ट

4 youths arrested for harassing passengers at Hetauda Bus Park

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा यात्रुहरूलाई दुःख दिएको आरोपमा बिहीबार प्रहरीले ४ युवकलाई पक्राउ गरेको छ ।यात्रुहरूको जबर्जस्ती झोला तथा हात तानेर जबर्जस्ती ढंगले सवारी साधनमा चढाउन खोज्ने चार युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-२ का २३ वर्षीय रोहनकुमार भुजेल,  हेटौंडा उपमहानगरपालिका-१० का १९ वर्षीय सुरज कुमार,  हेटौंडा उपमहानगरपालिका-१ का  ३० वर्षीय सुशान्त तामाङ र हेटौंडा उपमहानगरपालिका-११ का वर्ष ३५ को जीवन थोकर रहेका छन् ।

बसपार्कमा यात्रुहरूलाई जबर्जस्ती गरी सवारी साधनमा चढाउने र हैरानी दिने कार्य गरेकाले उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully