काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना : १ जनाको मृत्यु, १ जना घाइते

दुर्घटनामा २८ वर्षीय किसिम राईको मृत्यु

कार्तिक १९, २०८२

ज्योती श्रेष्ठ

Tipper accident in Mandandeupur, Kavre: 1 dead, 1 injured

काभ्रे — काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । बुधबार बिहान काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं ६ स्थित कोदारी भिरमा बा ५ ख ४०७२ नम्बरको  टिपर सडकबाट अन्दाजी ६० मिटर तल खसेर टिपर आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए । 

डीएसपी विष्टका अनुसार मृत्यु हुनेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ०७  झगारपुर बस्ने अन्दाजी २८ वर्षीय किसिम राई रहेका छन् । उनको शव जलेको अवस्थामा भेटिएको थियो ।

त्यस्तै गाडीका सहचालक काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर ०७ बस्ने बर्ष २२ को बिक्रम राई दुर्घटनामा घाइते भएका छन् । धुलिखेल अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागी उनलाई कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीले  जनाएको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully