बीपी राजमार्गमा लेदोसहितको पहिरो, यातायात खुल्न समय लाग्ने

चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेको छ ।

कार्तिक १५, २०८२

ज्योती श्रेष्ठ

Landslide with debris on BP Highway, traffic will take time to reopen

काभ्रे — वर्षाका कारण बीपी राजमार्गको विभिन्न सडक खण्ड अवरुद्ध भएको छ ।

कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, डालाबेसी, नार्के, चारसय बेसी, घुमाउने लगायतका स्थानमा लेदो सहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । 

उनका अनुसार, वर्षाका कारण राजमार्गको विभिन्न स्थानमा ढुङ्गा खस्ने, लेदो सहितको पहिरो झर्दा शुक्रबार बिहानदेखि नै राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले सडक अवरोध हटाई सडक खुल्न समय लाग्ने उनले बताए । यात्रा गर्दा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully