बीपी राजमार्ग अवरुद्ध : पुष्पलाल राजमार्ग बन्यो विकल्प

शुक्रबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

कार्तिक १४, २०८२

केदार शिवाकोटी

BP Highway blocked: Pushpalal Highway becomes alternative

दोलखा — बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आएका सार्वजनिक सवारीसाधनले पुष्पलाल मार्ग प्रयोग गरेर काठमाडौं गएका छन् । शुक्रबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

ओखलढुंगा,उदयपुर,सोलुखुम्बु लगायतका जिल्लाबाट छुटेका सवारीसाधनले वैकल्पिक रूपमा पुष्पलाल मार्ग प्रयोग गरेका हुन् ।

यसअघि पनि असोजमा बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध बनेपछि त्यस भेगका सवारीसाधनले पुष्पलाल हुँदै अरनिको राजमार्ग प्रयोग गरेका थिए ।

यसैगरी सगरमाथा क्षेत्र पदयात्रामा गएका विदेशी पर्यटक पनि यही भएर फर्कन थालेको  बताए । कोशी र मधेश प्रदेशबाट छुटेका अधिकांश साना ठूला सवारी साधन बर्दिबास-सिन्धुली-खुर्कोट,-मन्थली- चरिकोट हुँदै राजधानी जानेक्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

राजमार्गमा निरन्तर वर्षा र बाक्लो हुस्सुका कारण सवारीसाधनलाई सावधानी अपनाए चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

केदार शिवाकोटी

Link copied successfully