नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा अत्यावश्यक काम नभई यात्रा नगर्न प्रशासनको आग्रह

नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको छ ।

कार्तिक १४, २०८२

रमेशकुमार पौडेल

Administration urges people not to travel on Narayangadh-Muglin and Prithvi Highways unless for essential work

चितवन — नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गमा अत्यावश्यक नभई यात्रा नगर्न चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा नारायणगढ-मुग्लिन सडकको तुइनखोला र पृथ्वी राजमार्गको मुग्लिनदेखि मलेखुसम्म हिजो साँझदेखि नै स-साना पहिरो खसिरहेको उल्लेख छ ।वर्षा नरोकिएकाले पहिरोको जोखिम बढेको प्रशासनको भनाइ छ ।

साना पहिरो सफा गर्दै बाटो खुलाउने गरे पनि बर्खा नरोकिएको हुँदा पहिर‍ोको जोखिम पनि बढेको अर्यालको भनाइ छ । नारायणगढ-मुग्लिन र पृथ्वीराजमार्ग राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक खण्ड हुन् । यी सडक हुँदै दैनिक १०/१५ हजार गाडी ओहोरदोहोर गर्छन् । तर पछिल्ला वर्ष बर्खायाम र कुनै बेला हिउँदमा पनि पहिरो र सुक्खा पहिरो खसेर घण्टौं बाटो अवरुद्ध हुने गरेको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully