च्छो-रोल्पा र रोल्वालिङ क्षेत्र पुगेका पर्यटक हिमपातले प्रभावित

च्छो-रोल्पा र ना गाउँमा निरन्तर हिमपात भैरहेको स्थानीय दावाछिरिङ शेर्पाले बताए ।

कार्तिक ११, २०८२

केदार शिवाकोटी

Tourists in Chho-Rolpa and Rolwaling areas affected by snowfall

दोलखा — च्छो-रोल्पा र रोल्वालिङ क्षेत्रमा पदयात्रामा गएका पर्यटक हिमपातका कारण प्रभावित बनेका छन् । त्यस क्षेत्रमा पुगेका पर्यटक सोमबार दिउँसोबाट हिमपात भएपछि ना र बेदिङ झरेका छन् ।

च्छो-रोल्पा र ना गाउँमा निरन्तर हिमपात भैरहेको स्थानीय दावाछिरिङ शेर्पाले बताए । च्छो-रोल्पा घुम्न पुगेका पर्यटक हिमपातपछि ना गाउँ झरेको उनले बताए । अधिकांश पर्यटक नामा रहेका छन् । केही बेदिङ झरेका छन् । हिमपात भैरहेकाले सावधानी अपनाउन आग्रह गरिएको उनले बताए ।

हिमपात भैरहे पनि त्यस क्षेत्रका जनजीवन सामान्य नै रहेको उनले बताए । हिमपातका कारण सबैजसो स्थानीय घरभित्रै रहेका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको लप्चीमा पनि हिमपात भैरहेकाले पदयात्रा निस्केका पर्यटकलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । लप्चीका स्थानीय भने चिसो बढेपछि लुम्नाङ झरिसकेका छन् ।

केदार

Link copied successfully