नारायणगढको दोहोरी रेस्टुरेन्टमा आगलागी

भरतपुर, खैरहनी र नेपाली सेनाको गरी तीनवटा दमकल प्रयोग गरी बिहान ५ बजेपछि आगलागी नियन्त्रणमा लिइएको थियो ।

कार्तिक १०, २०८२

रमेशकुमार पौडेल

Fire breaks out at Dohori Restaurant in Narayangadh

चितवन — विद्युुत् सर्ट भएर नारायणगढको एक दोहोरी रेस्टुन्टमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका-३ लायन्सचोक ओरालोमा रहेको चितवन दोहरी साँझमा सोमबार बिहान सबेरै आगो लागेको चितवन प्रहरीले जानकारी दिएको छ ।

युवराज अधिकारीको उक्त घरमा भरतपुर-२ क्षेत्रपुर बस्ने सुमन भारतीले दोहरी रेस्टुरेन्ट चलाउँछन् । रेस्टुरेन्टको हलमा विद्युत् सर्ट भएर आगो सल्केको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए । भरतपुर, खैरहनी र नेपाली सेनाको गरी तीनवटा दमकलले बिहान पाँच बजेपछि आगलागी नियन्त्रणमा लिएको थियो ।

कुनै मानवीय क्षति नभए पनि आगोमा जलेर करिब २५/३० लाख रूपैयाँ बराबरको धनमाल नोक्सान भएको हुन सक्ने डीएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully