नारायणगढको नदी किनार छठको अर्घ्य दिन तयार

सोमबार अस्ताउँदो र पर्सी मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ ।

कार्तिक ९, २०८२

रमेशकुमार पौडेल

Preparations are underway for Chhath Arghya on the banks of the river in Narayangadh.

चितवन — छठको दिन सूर्यलाई अर्घ्य दिन नारायणगढ नारायणी नदी किनारलाई सिँगारिएको छ । सोमबार अस्ताउँदो र पर्सी मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । सूर्य उपासनासँग जोडिएको छठ खास गरेर पूर्वी तराई अर्थात मिथिलाञ्चल क्षैत्रमा विशेष विधि, आस्था र उमंगका साथ मनाइन्छ ।

उक्त क्षेत्रका बासिन्दाको बसोबास बढेसँगै चितवनमा पनि छठ पूजामा अर्घ्य दिन नारायणी नदीसहित जिल्लाका अन्य खोला र ताल तलैयामा हजारौँ जुट्छन् । तराई सामुदायिक सेवा समितिले चितवनमा छठ पूजाको व्यवस्थापन गर्दै आएको छ ।

Preparations are underway for Chhath Arghya on the banks of the river in Narayangadh.

यो पटक नारायणी नदी किनारमा छठको अर्घ्य दिन पाँच सयभन्दा बढी परिवार जुट्ने समितिका वरिष्ठ सल्लाहाकार तथा पूर्व अध्यक्ष राजकुमार कानुले बताए । ६० को दशकसँगै चितवनमा छठ पूजा गर्नेहरूको जमघट बढ्दै गएको उनले बताए । अन्यसमेत गर्दा भोलि नारायणी नदी किनारमा पाँचदेखि १० हजार जना उपस्थित हुने कानुको आकलन छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully