मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

चितवनवाट हेटौंडातर्फ आउँदै गरेको ना ८ प १२५६ नम्बरको ट्रकको ठक्करबाट मनहरी गाउँपालिका-७ की ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको हो ।

कार्तिक ६, २०८२

कान्तिपुर संवाददाता

One person dies after being hit by a truck in Makawanpur

हेटौंडा — पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-७  निर्मल बस्तीमा बिहीबार ट्रकको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ ।

चितवनवाट हेटौंडातर्फ आउँदै गरेको ना ८ प १२५६ नम्बरको ट्रकको ठक्करबाट मनहरी गाउँपालिका-७ की ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको हो । सडकको छेउबाट हिँडिरहेकी स्याङ्तानलाई ट्रकले ठक्कर दिएको हो । 

उनलाई तत्कालै उपचारका निम्ति उनलाई हेटौंडा अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  मकवानपुरले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

कान्तिपुर संवाददाता

Link copied successfully