चितवनमा लगातार दुई पाङ्ग्रे सवारी दुर्घटना, तीन दिनमा ४ जनाको मृत्यु

चितवन प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति चितवनको पूर्वी भेग खैरहनीमा एक युवकको मृत्यु भएको छ ।

कार्तिक ६, २०८२

रमेशकुमार पौडेल

Consecutive two-wheeler accidents in Chitwan, 4 people killed in three days

चितवन — तिहारका तीन दिनमा चितवनमा भएका चार वटा दुई पांग्रे सवारी साधन दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति चितवनको पुर्वी भेग खैरहनीमा एक युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका-२ भित्रि सडकमा मध्यरातमा उक्त घटना भएको थियो ।

बागमती प्रदेश ०३-००५ प४३०२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टेको भन्ने सूचनाका आधारमा प्रहरी उद्धारका लागि पुगेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि भरतपुरको सरकारी अस्पताल पठाएकोमा चिकित्सकले राति सवा १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । अन्दाजी २२/२३ वर्षका युवकको नाम थर ठेेगना नै खुलेको छैन । 

खैरहनी-२ कै राजमार्गमा रोकिराखेको ग्याँस बुलेटमा ठोक्किएर आइतबार राति नै मोटरसाइकल चालकको ज्यान गएको थियो ।

स‍ोमबार राति २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्टनजिक बा प्र ०६-००३ प ०६९२ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टिँदा दुई युवाको ज्यान गएको थियो ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully