चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ

साेमबार राति एक समूहलाई रेष्टुरेन्टबाट र अर्को समूहलाई गाउँबाट नियन्त्रणमा लिएकाे हाे ।

कार्तिक ४, २०८२

रमेशकुमार पौडेल

21 people arrested for gambling in Chitwan

चितवन — तिहारको मौकामा ठूलो रकम हारजित हुने गरेर तास खेल्नेलाई जुवा खेलेको आरोपमा प्रहरीले दुईवटा समूहका २१ जनालाई नियन्त्रणमा लिएको छ ।

साेमबार राति एक समूहलाई रेष्टुरेन्टबाट र अर्को समूहलाई गाउँबाट नियन्त्रणमा लिएकाे हाे । 

भरतपुर महानगरपालिका-१० हाकिमचोक स्याउली बजारको ओदान रेष्टुरेन्टमा तास खेल्दै गरेका १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । उनीहरूको साथबाट दुई लाख ११ हजार दुई सय १० रूपैयाँ नगद र एक बुक तास पनि बरामद भएको डिएसपी खनाले जानकारी दिए । प्रहरीले सोमबार रााति साढे १ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी जिल्लाको पूर्वी भेग खैरहनी नगरपालिका-११ गैडाहामा सोमबार मधयराति तास खेल्दै गरेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट १ लाख ५० हजार ७२० रूपैयाँ नगद र पाँच बुक तास बरामद भएको डिएसपी खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully