ग्यास बुटेलमा मोटरसाइकल ठाेक्किँदा एक जनाको मृत्यु

बिग्रेका कारण राजमार्ग छेउमा राेकिएको भारतीय नम्बर प्लेटको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किएको थियो ।

कार्तिक ३, २०८२

रमेशकुमार पौडेल

One person dies after motorcycle crashes into gas cylinder

चितवन — सडकमा रोकिराखेको ग्यास बुलेटमा ठोक्किएर आइतबार राति चितवन खैरहनीमा मोटरसाइकल चालकको ज्यान गएको छ ।

राति साढे १० बजे पूर्व पश्चिम महेन्द्र राजमार्गको खैरहनी नगरपालिका-२ लदरी पुलमा भएको घटनामा खैरहनी-२ कै ३५ वर्षीय मनिश बोगटीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

बिग्रेका कारण राजमार्ग छेउमा राेकिएको भारतीय नम्बर प्लेट एचआर ३८ एएफ ६१२६ नम्बरको ग्यास बुलेटसँग बोगटीले चलाएको बागमती प्रदेश ०३-००२ प ३२३० नम्बरको मोटरसाइकल ठोक्किएको डिएसपी खनालको भनाइ छ । दुर्घटनाका कारण टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा राति ११ बजेतिर निधन भएको हो । प्रहरीले ग्यास बुलेटका चालक भारतीय नागरिक बिहार सिवानका ५९ वर्षका दशरथ प्रसादलाई नियन्त्रणमा लिएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully