जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागसहित सोमबार भक्तपुरको कमलविनायकस्थित मिठाई पसलमा अनुगमन गरिएको हो ।
काठमाडौँ — जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहारलक्षित मिठाई पसलमा अनुगमन गरी अखाद्य १ सय ६५ किलो मिठाई नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागसहित सोमबार भक्तपुरको कमलविनायकस्थित ४ वटा मिठाई पसलमा अनुगमन गरी १ सय ६५ किलो मिठाई नष्ट गरिएको अनुगमन समितिका सदस्य यादव मिश्रले जानकारी दिए ।
उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागबाट खाद्य परीक्षण गर्ने गाडी नै ल्याएर परीक्षण गर्दा खुवाजन्य मिठाईमा अखाद्य मिसावत पुष्टि भएको हो ।
