नारायणगढ-मुग्लिन सडकमा सात वटा गाडी ठोक्किए, २१ जना घाइते

ठक्करपछि तत्काल बाटो दुई तर्फी नै अवरूद्ध भएकोमा नौ बजेपछि एकतर्फी सञ्चालनमा आएको छ ।

कार्तिक १, २०८२

रमेशकुमार पौडेल

Seven vehicles collide on Narayangadh-Muglin road, 21 injured

चितवन — नारायणगढ-मुग्लिन सडकमा एकै ठाउँ सात गाडी एक आपसमा ठोक्किएका छन्। दुर्घटनामा परी २१ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।

नारायणगढ मुग्लिङ सडकको भरतपुर महानगरपालिका-२९ घाइघाटमा शनिबार बिहान साढे सात बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नं. को बस, बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, पछाडि बा.प्र. ०६-००१ ग ०४८४ नं. को ईभी माईक्रो, पछाडि ग २ ख १६२६ नं. को बस, पछाडि ना ३ च ३२५६ नं. को बलेरो, पछाडि बी एबी  ८४७० नं. को कार ठक्किएका थिए।

ठक्करपछि तत्काल बाटो दुई तर्फी नै अवरूद्ध थियो । नौ बजेपछि एकतर्फी सञ्चालनमा आएको छ । घाइतेहरु सबैको उद्दार भइसकेको र हालसम्म १३ जनाको नेशनल सिटी अस्पताल, ४ जनाको नयाँ मेडिकल कलेज भरतपुर र ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डीएसपी रविन्द्र खनालले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully