दुई महिनायता यो क्षेत्रमा भालुको आक्रमणबाट ४ जना भन्दा बढी घाइते भइसकेका छन् ।
दोलखा — दोलखाको बैत्यश्वर गाउँपालिका–३ मिर्गे ठाडेमा भालुको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ ।
घाँस काट्न गएका ५९ वर्षीय टेकबहादुर तामाङको बिहीबार बिहान भालुको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा बैत्श्वर–३ मिर्गेमा भालुको आतंकका कारण स्थानीय त्रसित बनेका छन् ।
दुई महिनायता यो क्षेत्रमा भालुको आक्रमणबाट ४ जना भन्दा बढी घाइते भइसकेका छन् ।