सिन्धुपाल्चोकको सुनकोशी पाँचकिलोमा बस दुर्घटना, २० जना घाइते

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस सडकको भित्तामा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो ।

आश्विन २१, २०८२

अनिश तिवारी

Bus accident at Sunkoshi Panchkilo in Sindhupalchok, 20 injured

सिन्धुपाल्चोक — जिल्लाको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडीचौर सडकखण्डमा मंगलबार दिउँसो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको यात्रुबाहक बस सडकको भित्तामा ठोक्किँदा दुर्घटनाग्रस्त भएको हो । 'दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा सातजना ट्राफिकसहितको टोली खटिएको थियो,' जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने । 

टोलीले चालकसहित तीन बालबालिकासहित २० जना घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धु सदावहार अस्पताल खाडीचौर पठाएको प्रहरीले जनाएको छ । 

सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully