महाभारत गाउँपालिका जोड्ने सडकअर्न्तगत नमोबुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका वडा नं ७ को सिमाना रहेको थाङसिबेसीको हृयुम पाइप गएरातिको वर्षाले बगाएको हो।
काभ्रे — काभ्रेको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको सिमाना स्थित थाङसिबेसीमा रोशी खोलाले हृयुम पाइप बगाउँदा सडक अवरुद्ध भएको छ।
महाभारत गाउँपालिका जोड्ने सडकअर्न्तगत नमोबुद्ध नगरपालिका वडा नं ६ र रोशी गाउँपालिका वडा नं ७ को सिमाना रहेको थाङसिबेसीको हृयुम पाइप गएरातिको वर्षाले बगाएको हो।
गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले सो स्थानमा रहेको पक्की पुल बगाएको थियो । पक्की पुल बगाएपछि अस्थायीरुपमा यातायात सञ्चालनका लागि थाङसिबेसीमा हृयुम पाइप राखिएको थियो । उक्त हृयुम पाइप यस वर्षको बाढीले बगाएपछि दुई अघि मात्रै राखिएको हृयुम पाइप रोशी खोलाले पुनः बगाएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
उनका अनुसार, चाडपर्वलाई लक्षित गरेर यात्रु सहजताका लागि दुई दिन अघि मात्रै हृयुम पाइप राखिएको थियो । हिजोको पानीले गए राती करिब १२ बजेको समयमा हृयुम पाइप पुनः बगाएको उनले बताए । ‘चाडपर्वको समय छ, सो सडकखण्ड हुदैं यात्रा गर्नेको यात्रुको चाप बढि हुन्छ,’ उनले भने, ‘यहीँ कुरालाई मध्यनजर गर्दै हृयुम पाइप राख्ने काम भइरहेको छ, केही समयमा सो सडकखण्ड सञ्चालन आउनेछ ।’
रोशी खोलाले उक्त सडकखण्डको हृयुम पाइप बगाएको हुनाले सडक अवरुद्ध रहेकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
