जिल्ला ट्राफिक प्रहरी सिन्धुपाल्चोककाअनुसार काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियाका नागरिक ७१ वर्ष पिटर र उनकी श्रीमती जेनेट ज्याक्सन गम्भीर घाइते छन् ।
सिन्धुपाल्चोक — चीन जोड्ने कोदारी राजमार्ग (२६ किलोमिटर)अन्तर्गत चारकिलो क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई अस्ट्रेलियाली नागरिक दम्पती घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी सिन्धुपाल्चोककाअनुसार काठमाडौंबाट तातोपानीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा अस्ट्रेलियाका नागरिक ७१ वर्ष पिटर र उनकी श्रीमती जेनेट ज्याक्सन गम्भीर घाइते छन् । 'दुवैको अवस्था गम्भीर छ, बोल्न नसक्ने अवस्थामा छन्,'इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले भने ।
भोटेकोसी गाउँपालिक-४ स्थित चार किलोमा पर्ने खण्डबाट करिब १० मिटर तल खस्दा मोटरसाइकल ध्वस्त भएको छ । बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा स्थानीय र प्रहरी चौकी फुल्पिङकट्टीका सुरक्षाकर्मी खटिएका थिए ।
तत्काल उद्धार गरेर स्थानीय हिन्दीस्थित धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको उनले बताए । 'घाइतेको रिफरपछि हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको नर्भिक अस्पतालमा उपचारार्थ लगिएको थियो । 'अहिले उपचार भइरहेको छ, अवस्था नाजुक भएको स्वास्थ्यकर्मीले जानकारी दिएको छ,' उनले भने ।
