बीपी राजमार्गको खाल्डाखुल्डीले चालक र यात्रु हैरान

खाल्डामा सवारी हाल्दा क्षति हुने डर भएकाले छल्न खोज्दा कहिले जाम हुने त कहिले दुर्घटनाको भय हुने ईभी चालक दीपेन्द्र कार्की बताउँछन् ।

आश्विन ९, २०८२

राजकुमार कार्की

BP Highway's potholes are confusing drivers and passengers

सिन्धुली — पृथ्वीराजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भइरहँदा गतवर्षको बाढीहिरोले क्षतविक्षत भएको बीपी राजमार्गमा भने सवारी निर्वाध सञ्चालनमा छन् । तर खाल्डाखुल्डीले भने चालक तथा यात्रुहरु हैरान हुने गरेका छन् ।

नेपालथोक–धुलीखेल ५० किलोमिटर सडकमध्ये नेपालथोकदेखि चौकीडाँडासम्मको २२ किलोमिटर सडकमा गतवर्ष रोशीखोलाको बाढी र पहिरोले क्षति गरेको थियो । २२ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक बगाउनुका साथै पहिरोलेसमेत कतिपय स्थानमा खसालेको छ । त्यही सडकलाई अहिले अस्थायी रुपमा सञ्चालन ल्याइएको छ ।

डबललेनको अस्थायी सडकमा धेरै खाल्डाखुल्डी हुँदा समस्या भएको यात्रु तथा चालकहरु बताउँछन् । मध्यपहाड तथा पूर्वी नेपाल र तराईलाइ राजधानीसँग जोड्ने छोटो दूरीको बीपी राजमार्गको अस्थायी सडकमा खाल्डाखुल्डी सरकारी निकायले पुरिदिने हो भने मात्र पनि यातायात सहज हुने उनीहरुको भनाइ छ ।

BP Highway's potholes are confusing drivers and passengers

खाल्डामा सवारी हाल्दा क्षति हुने डर भएकाले छल्न खोज्दा कहिले जाम हुने त कहिले दुर्घटनाको भय हुने ईभी चालक दीपेन्द्र कार्की बताउँछन् । चौकीडाँडादेखि नेपालथोकसम्मको सडकमा धेरै खाल्डाखुल्डी छन् । 

‘कालोपत्रेबाट ट्र्याक सडकमा झर्ने बेलामा पनि खाल्डामा हालेजस्तै गर्नुपर्छ,’ उनले भने, ‘खाल्डाखुल्डी, कालोपत्रे र ट्र्याक सडक झर्ने ठाउँमा पुरिदिने हो भने सहज हुन्छ । अरुतिरको सडक अवरुद्ध हुँदा बीपी सहज भए पनि सरकारले मर्मतसम्भारमा ध्यान दिनुपर्छ ।’

BP Highway's potholes are confusing drivers and passengers

दसैं मान्न सिन्धुली आइपुगेका सन्तोष दाहालले भने, ‘कालोपत्र सडकमा पनि ठुल्ठुला खाल्डाखुल्डी छन्, तर त्यो पुरिदिनेतर्फ सडक डिभिजन कार्यालयको ध्यान छैन ।’ खाल्डाखुल्डीले गर्दा यात्रामा जोखिम हुने र समय समेत बढी लाग्ने गरेको उनको तर्क छ । मध्यपहाडी र मदन भण्डारी लोकमार्ग भएर चल्ने सवारीसमेत बीपी राजमार्ग भएर आवत जावत गर्ने भएकाले मर्मत सम्भारमा विशेष ध्यान दिनुपर्ने यात्रुहरु बताउँछन् ।

महोत्तरीको बर्दिवासदेखि सिन्धुली भएर धुलिखेलसम्मको बीपी राजमार्गको दूरी १६० किलोमिटर छ । एकातिर खाल्डैखाल्डा छन् भने अर्कोतिर जामका कारण सास्ती व्यहोर्नुपरेको राजधानीबाट दसैं मान्न बर्दिवास आउँदै गरेका यात्री कैलाश पुन मगरले बताए ।

BP Highway's potholes are confusing drivers and passengers

घुम्ति नै घुम्तिको सडक भएकाले धेरै भत्किए सहज तरिकाले बनाउन समेत नसक्ने स्थानीयको बुझाई छ । पिपलभन्ज्याङ ढुङग्रेभन्ज्याङ खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढी खाल्डा छन् ।

रोशीले बगाएको र पहिरोले झारेको सडक डबल लेनको निर्माण ठेक्का लागे पनि चाडवाड बेला हुने चाप र यात्रु सहजताका लागि सडक कार्यालयलाई ध्यानाकर्षण गराइराखेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully