मामाघर हिँडेका दुई जना पहिरोमा बेपत्ता

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार बुधबार दिउँसो मामाघर हिँडेका चौतारा साँगाचोकगढी नगरपालिका–२, भोटेफुल्पिङका १७ वर्षीया फूलमाया लामा र ५ वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका हुन् ।

आश्विन ८, २०८२

अनिश तिवारी

Two people who were walking to Mamaghar disappeared in the landslide

सिन्धुपाल्चोक — जिल्लाको बलेफी गाउँपालिका–१, जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार बुधबार दिउँसो मामाघर हिँडेका चौतारा साँगाचोकगढी नगरपालिका–२, भोटेफुल्पिङका १७ वर्षीया फूलमाया लामा र ५ वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएका हुन् । 'उनीहरु जुगल गाउँपालिका–२, गोल्चे मामाघरतर्फ पैदल जाँदै गरेका थिए, ज्याङजेङ लामाकी छोरी हुन् भन्ने खुलेको छ ,' जिल्ला प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने । 

सडक माथिबाट आएको लेदोसहितको पहिरोले दुवैलाई बगाएको हो । उक्त सडक खण्ड तलै ब्रह्मायणी नदी बगिरहेकोले उनीहरू खसेको आशंका गरिएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेका प्रहरी निरीक्षक गजेन्द्र रावतको कमान्डमा १० जनाको प्रहरी टोली परिचालन गरी खोजतलास जारी राखिएको छ ।

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully