बागमतीमा बेपत्ता किशोरको शव फेला  

बागमतीले बगाएर बेपत्ता भएपछि रोशनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले रातभर खोजी गरेका थिए ।

आश्विन ७, २०८२

शिव पुरी

Body of missing teenager found in Bagmati

रौतहट — रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका एक किशोर मंगलबार मृत फेला परेका छन् । घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभायात्रामा सहभागी हुने क्रममा सोमबार बागमतीमा नुहाउन जाँदा बिश्रामपुरका १३ वर्षीय रोशन यादव बेपत्ता भएका थिए ।

उनको शव मंगलबार फेला परेको प्रहरीले जनाएको छ । 

बागमतीले बगाएर बेपत्ता भएपछि रोशनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले रातभर खोजी गरेका थिए । समनपुर पुलदेखि करिब एक किलोमिटर दक्षिणतर्फ मंगलबार राशनको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

मृतक रोशन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार गजेन्द्र यादवका छोरा हुन् । केही दिनदेखि परेको पानीले बागमतीमा पानीको सतह बढेको छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully