खोलामा बगेर बेपत्ता युवक चार दिनपछि मृत भेटिए

४८ वर्षीय बुवा गुन्जमान घलान र छोरा सोमबहादुर बुधबार दिउँसो बाग्मती खोलामा माछा मार्न गएका थिए ।

आश्विन ४, २०८२

प्रताप विष्ट

The missing young man who was swept away in the river was found dead four days later

हेटौंडा — माछा मार्न जाँदा बाग्मती खोलाले बगाएर बेपत्ता भएका युवक चार दिनपछि मृत भेटिएका छन् ।

बुधबार बाग्मती खोलामा माछा मार्न गएका बाग्मती गाउँपालिका–१ माझगाउँका १८ वर्षीय सोमबार घलानको शव शनिबार फेला परेको हो ।

रौतहटस्थित बाग्मती खोला किनारमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय, आफन्त र प्रहरीले उनको खोजी गरिरहेको अवस्थामा रौतहट राजदेवी नगरपालिका—४ बाग्मतीको गडैयाघाट किनारमा शव फेला परेको जिल्ला प्रहरुी कार्यालय मकवानपुरले जनाएको छ । 

अहिले उनको शव रौतहटस्थित प्रादेशिक अस्पतालमा राखिएको घलानका आफन्त राज घलानले जानकारी दिए । ४८ वर्षीय बुवा गुन्जमान घलान र छोरा सोमबहादुर बुधबार दिउँसो बाग्मती खोलामा माछा मार्न गएका थिए ।

माछा मार्ने क्रममा सोमबहादुर खोलामा बगेर बेपत्ता भएका थिए । खोलामा एक्कासी बाढी आएपछि उनी बगेका हुन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully