मकवानपुरका बागमती गाउँपालिका—१ माझगाउँका १८ वर्षीय सोमबहादुर ग्लानलाई खोलाले बगाएर बेपत्ता पारेको हो ।
हेटौंडा — माछा मार्न गएको अवस्थामा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । मकवानपुरका बागमती गाउँपालिका—१ माझगाउँका १८ वर्षीय सोमबहादुर ग्लानलाई खोलाले बगाएर बेपत्ता पारेको हो ।
४८ वर्षीय बाबु गुन्जमान ग्लान र छोरा सोमबहादुर बुधबार दिउँसो वागमतीमा माछा मार्न गएका थिए ।
माछा मार्ने क्रममा सोमबहादुरलाई बागमतीले बगााएर बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । माछा मार्ने क्रममा बागमतीमा एक्कासी बाढी आएकाले उनलाई बगाएको हो ।
प्रहरी,स्थानीयवासी र उनको आफन्तहरु बागमती खोलामा ग्लानको खोजतलास गरिरहेका छन् ।
