बस तनहुँबाट नारायणगढ आउँदै थियो ।
चितवन — नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका-६ नाम्सी पुलमा मंगलबार साँझ सात बजे ढुंगा खसेर यात्रु बसमा लाग्दा एक जना यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङ घले गाउँपालिका-३ की ४६ वर्षकी एश्वर्या कामी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चढेको ग २ ख १८३६ नम्बरको बसमाथि ढुंगा खेको थियो ।
बस तनहुँबाट नारायणगढ आउँदै थियो । सडकमाथिबाट खसेको ढुंगा बसको ढोकाबाट छिरेर ऐश्वर्याको अनुहार र टाउकोमा गम्भीर चोट लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।
गम्भीर घाइते उनको उपचारको क्रममा पुरानाे मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको हो । याे सडक पहिरोको उच्च जोखिममा छ । बर्खामा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै यात्रुको ज्यानै जाने घटना पटक पटक हुने गरेको छ ।
बर्खायाममा यो बाटो हुँदै यात्रा गर्दा सजग रहन भरतपुरको डिभिजन सडक कार्यालयले यात्रु वर्गलाई अपिल गरेको छ ।
