चारजना चढेको माेटरसाइकल दुर्घटना, दुईजना गम्भीर घाइते

कालिका-५ मा मंगलबार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना गम्भीर र दुई सामान्य घाइते छन्। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

भाद्र १८, २०८२

रमेशकुमार पौडेल

Motorcycle accident involving four people, two seriously injured

What you should know

चितवन — चितवनमा मंगलबार मध्यराति चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । राति १२ बजेर ५० मिनेटतिर कालिका नगरपालिका-३ पदमपुर बनकट्टामा दुर्घटना भएकाे हो ।

भित्रि सडकमा ना ५४ प १९१० नम्बरकाे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।


दुर्घटनामा कालिका-५ बस्ने तीनजना युवा र नामथर ठेगाना नखुलेकी एकजना महिला घाइते भएका छन् । महिलासहित दुईजना घाइतेको अवस्था गम्भीर छ ।


एकजनाको मध्यम र एकजना सामान्य घाइते भएक‍ो डिएसपी खनालले जानकारी दिए । प्रहरीका अनुसार कालिका-५ का २७ वर्षीय अनिष महताेको अवस्था गम्भीर छ। उनको टाउकाेमा च‍ोट छ।


बोल्न नसक्ने अवस्थाका अनिषको चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते अन्दाजी २५/२६ वर्षकी महिलाको पनि साेही अस्पतालमा उपचार भइरहेको छ । 


हातखुट्टामा चोट लागेका सामान्य घाइते मोटरसाइकल चालक २८ वर्षीय कृष्ण मर्दनीयाकाे पनि सिएमसीमै उपचार भइरहेकाे छ । हातखुट्टामा चाेट लागेका मध्यम अवस्थाका घाइते २६ वर्षका समीर महताेकाे भरतपुरकाे एलाभ अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।


‘एउटै मोटरसाइकलमा चारजना बसेका रहेछन् । अन्य विषयका बारेमा साेधखोज गर्ने कार्य भइरहेको छ,’ डिएसपी खनालले भने ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully