मकवानपुरमा २१२ केजी गाँजा बरामद

हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित जंगलबाट प्रहरीले २ सय १२ केजी ८६० ग्राम गाँजा बिहान १ बजे बरामद गरेको हो ।

भाद्र १६, २०८२

प्रताप विष्ट

212 kg of ganja seized in Makwanpur

हेटौँडा — मकवानपुर प्रहरीले सोमबार बिहान २१२ केजी गाँजा बेवारिसे अवस्थामा बरामद गरेको छ । हेटौँडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित जंगलबाट प्रहरीले २ सय १२ केजी ८६० ग्राम गाँजा बिहान १ बजे बरामद गरेको हो ।

उक्त बाटो भएर गाँजा ल्याउँदै छ भन्ने प्रहरीलाई स्थानीयवासीबाट जानकारी पाएपछि बसामाडी लेवटबाट प्रहरीले च्यानडाँडास्थित जंगलमा बसेका थिए । गाँजा बोकेर आएकाहरूले प्रहरीलाई देख्ने बित्तिक्कै गाँजाका पोका जंगलमै छाडेर फरार भएका थिए ।

प्लास्टिकमा प्याक गरेर ल्याइएको गाँजाका १४ वटा पोका ७–८ जनाले बोकेर ल्याएका थिए, प्रहरीलाई देख्ने बित्तिक्कै भागे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

गाँजाका पोका छाडेर फरार भएकाहरूलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully