मकवानपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

मकवानपुरमा मोटरसाइकल ठक्करले वृद्धाको ज्यान गयो। २० वर्षीय चालक समिर घलान पक्राउ परेका छन्।

भाद्र ११, २०८२

प्रताप विष्ट

An old woman died in a motorcycle accident in Makwanpur

हेटौँडा — मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मकवानपुरको भित्री सडक वासुदेव मार्गस्थित ज्यामिरे खोलाबाट हेटौँडातर्फ आउँदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलको ठक्करबाट मकवानपुरगढी गाउँपालिका–५ सिमलटारकी ७३ वर्षीया सुकुमाया गोलेको मृत्यु भएको हो।

बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गोले घाइते भएकी थिइन्। उपचारका लागि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा लगिएको र त्यहीँ उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोटरसाइकल चालक २० वर्षीय समिर घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully