गजुरी इलाकामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। डोजरको सहयोगमा प्रहरी टोली खटिएर सडक खुलाउने प्रयास जारी छ।
मलेखु, धादिङ — गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्वमा छ ।सडक खुलाउन प्रहरी परिचालन गरिएको छ ।
प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।
