चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।
चितवन — स्क्रब टाइफसबाट बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले बताए । उनी भदौ ४ गते उनी अस्पताल भर्ना भएकी थिइन् । उनी छारेरोगबाट पनि पीडित थिइन् ।
यहाँस्थित जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ । चितवनका ५८ जना यो रोगबाट पीडित छन् । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
