मकवानपुरमा पत्रकार प्रजनन् स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष स्थापना 

उपमहानगरपालिकाले उक्त कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

भाद्र ६, २०८२

प्रताप विष्ट

Establishment of Journalist Reproductive Health and Safe Childbirth Promotion Fund in Makwanpur

हेटौँडा — नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले तीजको अवसरमा महिला पत्रकार प्रजनन् स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष स्थापना गरेको छ ।

पत्रकार महासंघ मकवानपुर शाखाले बिहीबार आयोजित महिला पत्रकार प्रजनन् स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवर्द्धन कोष शुभारम्भ कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले उपमहानगरपालिकाले उक्त कोषमा ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

मेयर लामाले महिला पत्रकारहरुलाई पत्रकारितामा टिकाई राख्न यो कोषले महत्वपूर्ण भुमिका खेल्ने बताइन्। । उपमेयर बानियाँले महिला पत्रकारहरुलाई दक्ष र सक्षम बनाउन उपमहानगरपालिकाले सहयोग गर्दै आएको जानकारी गराए ।

पत्रकार महासंघको शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले कोषले महिला पत्रकारहरूको सुविधाका लागि कोष लाभदायी हुने अपेक्षा गरिएको बताए। मकवानपुरमा ३५ जना महिला पत्रकारहरू रहेका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully