खोलामा बगेर बेपत्ता युवाको शव फेला

स्थानीयवासी र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट करिब २ किलोमिटर तल डुम्रेकुनास्थित सामरी खोलाको किनारमा बोम्जनको शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीले बताए ।

भाद्र ६, २०८२

प्रताप विष्ट

Body of missing youth found in river

हेटौंडा — खोलाले बगाएर बेपत्ता युवकको शव मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनामा फेला परेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ छापका २५ वर्षीय विनोद बोम्जनलाई शुक्रबार अपराह्न साढे ३ बजे स्थानीय कार्की खोलाले बगाएर बेपत्ता पारेको थियो ।

स्थानीयवासी र प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट करिब २ किलोमिटर तल डुम्रेकुनास्थित सामरी खोलाको किनारमा बोम्जनको शव फेला परेको प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीले बताए । साँझ ७ बजेतिर बोम्जनको शव फेला परेको स्थानीयावासी जीतबहादुर घिमिरेले बताए ।

पसलबाट घरतर्फ जानेक्रममा खोला तर्न लाग्दा बोम्जनलाई बगाएर बेपत्ता पारेको थियो । बोम्जन बेपत्ता भएको जानकारी पाउनेबित्तिकै प्रहरी निरीक्षक रायमाझीको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको थियो । 

हेटौंडालगायत मकवानपुरका विभिन्न भागमा शुक्रबार अपराह्न भारी वर्षा भएको थियो । वर्षाका कारण स्थानीय खहरे र खोलाहरुमा बाढी आएको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully