मकवानपुरगढी गाउँपालिका–२ का छापका २५ वर्षीय युवक शुक्रबार साढे ३ बजेतिर कार्की खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
हेटौंडा — मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एक युवकलाई शुक्रबार अपराह्न स्थानीय खोलाले बगाएर बेपत्ता पारेको छ ।
मकवानपुरगढी गाउँपालिका–२ का छापका २५ वर्षीय विनोद भोम्जनलाई शुक्रबार साढे ३ बजेतिर कार्की खोलाले बगाएर बेपत्ता पारेको हो । पसलबाट घरतर्फ जाने क्रममा खोला तर्न लाग्दा भोम्जनलाई वगाएर बेपत्ता पारेको स्थानीय जितबहादुर घिमिरेले बताए।
भोम्जनलाई खोलाले बगाएर बेपत्ता पारेको जानकारी पाउने बित्तिकै प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रहरीको टोली घटनास्थल पुगेर खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए । हेटौंडालगायत मकवानपुरका विभिन्न भागमा शुक्रबार अपराह्न भारी वर्षा भएको थियो ।वर्षाका कारण स्थानीय खहरे र खोलाहरुमा बाढी आएको थियो ।
