सुख्खा पहिरोसहित ढुंगा झर्दा अरनिको राजमार्ग अवरुद्ध

ढुंगा झरिरहेकाले राजमार्गमा दुईतर्फी यातायात अवरुद्ध भएको थियो, तर अब एकतर्फी सुचारु गरिएको छ। ढुंगा रोकिएपछि पूर्ण रूपमा खुल्नेछ।

भाद्र ५, २०८२

ज्योती श्रेष्ठ

Araniko highway blocked due to stone fall along with dry landslide

काभ्रे — सुख्खा पहिरोसहित ढुंगा झर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। बिहीबार बिहान ९: ४० बजेको समयमा अरनिको राजमार्गअर्न्तगत धुलिखेल नगरपालिका-८ स्थित तिरतिरे धारामा सुख्खा पहिरो सहित ढुंगा झर्दा अरनिको राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । 

उनकाअनुसार, माथिबाट ढुंगाा झरि नै रहेको छ । ढुंगा झरिरहेकाले राजमार्ग अवरुद्ध छ ।

‘सुरुमा दुईतर्फी नै राजमार्ग अवरुद्ध भएको थियो,’ उनले भने, ‘अहिलेको लागि भने एकतर्फी यातायात सुचारु गरिएको छ।’ उनका अनुसार, ढुंगा झर्न रोकिएपछि राजमार्गमा दुईतर्फी नै यातायात सुचारु गरिनेछ । सडकको अवस्था बुझेर वैकल्पिक यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully